News in Nepali

चिकित्सकको आन्दोलनले दिउँसोसम्म बिरामीलाई सास्ती

Lumbinikhabar Online

आइतबार बिहान वीर अस्पताल पुग्दा कालिकोट रोसकोटकी तुला कुमाल अलमल्ल भएर बसेकी थिइन् । उनको आज पित्तथैलीको अप्रेसनको पालो थियो । महिनौँ ‘क्यू’मा बसेपछि बल्ल उनको पालो आएको थियो ।

अप्रेसनपछि अस्पतालमा कुरुवाका लागि ज्वाइँ र देवर पनि उनले सँगै ल्याएकी थिइन् । चिकित्सकको आन्दोलनका कारण आज अस्पतालका अन्य सेवा बन्द रहेको विषयमा उनी अनविज्ञ थिइन् । उनले सँगै बसेकी अर्की महिलालाई ‘अस्पताल किन बन्द भएको रु’ भनेर जिज्ञासा राखिरहेकी रहेकी थिइन् । अप्रेसन गर्न ६ दिन अगाडि काठमाडौँ आएकी कुमालले रातोपाटीसँग भनिन्, ‘अस्पताल कहिले खुलाउँछन् ।

अप्रेसन गरी कति दिन अस्पतालमा राख्यान्या हुन्, मन आत्तियो ।’ घरमा बुढा मात्रै भएको बताएकी उनलाई घरको बाख्रा र कुखुराको चल्ला पनि चिन्ता थियो । ‘काठमाडौँ आएको ६ दिन भइसक्यो, बाख्रा चल्ला खान पाएर मर्ने भए । कहिले उपचार गरेर जाम भइसक्यो । मलाई दशा नै लागेको रैछ । टाढाबाट बल्लबल्ल उपचार गर्न आएँ, उपचार गर्न पाउँदिन क्या हो ।’

Tags

छुटाउनु भयो कि ?