मनोरन्जन

राजु केसीको निर्देशनमा ‘उर्वशी’आउदै

Lumbinikhabar Online

भक्तपुर । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ । भक्तपुरमा हिजो आयोजित प्रिमियर कार्यक्रममा उक्त जानकारी दिईएको हो ।

भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रिमियर समारोहमा पत्रकार,निर्माण युनीट लगायतको उपस्थिती रहेको थियो ।

संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो ।

‘ओएसआर डिजिटल’बाट सार्वजनिक गरिने तयारीमा रहेको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ ।
रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन ।

प्रमोद खरेलको स्वर रहेको  ‘उर्वशी’ को भिडियोले ‘माया भनेको सवल मान्छेको मात्र हुदैन ‘भन्ने सन्देश दिएको र भिडियो आगामी फाल्गुन २ गते २ बजे ‘ओएसआर डिजिटल’बाट रिलिज हुने निर्देशक केसीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?