News in Nepali

पैसा पछि तिर्ने गरी कीर्तिपुर अस्पतालबाट मनोजले निकाले श्रीमतीको शव

Lumbinikhabar Online

उपचार खर्च तिर्न नसकेर कीर्तिपुर अस्पतालमै रहेको रौतहटकी पुनम कुमारीको शव अस्पतालले मृतकका श्रीमान मनोजकुमारलाई जिम्मा लगाएको छ ।

लुगामा आगो सल्केर शरीरको विभिन्न भाग जलेकी २५ वर्षकी पुनम १८ पुसदेखि कीर्तिपुर अस्पतालमा उपचाररत थिइन् र उनको आइतबार मृत्यु भएको थियो ।

तर अस्पतालमा बुझाउनुपर्ने १ लाख ८ हजार रुपैयाँ तिर्न नसकेपछि मनोजकुमारले श्रीमतीको शव निकाल्न पाएका थिएनन् । अस्पतालले उनले तिर्नुपर्ने रकममा २० प्रतिशत छुट गरेर बाँकी रकम पछि तिर्ने गरी शव दिएको हो ।

हिजो केही पैसा गाउँबाट मगाएर दिएँ । अब तिर्न ७९ हजार रुपैयाँ बाँकी छ । ६/७ महिना भित्र तिर्ने कागज गरेर शव निकालेँ,’ मनोजले अनलाइनखबरसँग भने, ‘अहिले रौतहट जाँदै छु । बेलुका पुग्छु ।’

Tags

छुटाउनु भयो कि ?