News in Nepali

कांग्रेस देउवा समूहका केन्द्रीय सदस्यको निष्कर्ष- ‘पदाधिकारीबाट मात्रै पार्टी चल्न सक्दैन’

Lumbinikhabar Online

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सात महिनादेखि बसेको छैन । यही अवधिमा स्थानीय, प्रदेश र संघको निर्वाचनसमेत भइसकेको छ । तर, सभापति शेरबहादुर देउवाले सरकारमा हुँदा र सत्ताविमुख भइसकेपछि समेत यी निर्वाचनको तयारी र समीक्षादेखि राष्ट्रिय राजनीतिका सवालमा केन्द्रीय कार्यसमितिमा छलफल गराएका छैनन् ।

पार्टीको निर्णय प्रक्रियामा केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति हाबी हुँदा केन्द्रीय कार्यसमितिका सदस्यहरू भूमिकाविहीन बनेका छन् ।

सभापति देउवा, पदाधिकारी र शीर्ष नेताहरूले केन्द्रीय समितिलाई बाइपास गरेको भन्दै संस्थापनपक्षकै केन्द्रीय सदस्यहरू मोर्चाबन्दी गरेरै विरोधमा उत्रिएका छन् । देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले सोमबार बालुवाटारमा अलग्गै भेला गरेका थिए । यस्तो भेला गरिएको यो दोस्रो पटक हो ।

नेताहरू मीन विश्वकर्मा, नैनसिंह महर, पुष्पा भुसाललगायतको संयोजनमा भएको भेलामा सहभागी नेताहरूले पार्टी सभापति देउवा, पदाधिकारी र कार्यसम्पादन समितिको कब्जामा परेको गुनासो गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?