News in Nepali

‘केजिएफ’ अभिनेता यश बन्लान् त रावण?

Lumbinikhabar Online

केजिएफ’ बाट बलिउडमा चर्चा कमाएका दक्षिण भारतीय अभिनेता यशले अब कुन फिल्म खेल्नेछन् भन्नेमा कौतूहलता सुरू भइसकेको छ।

यसैबीच एउटा खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार ‘दंगल’ र ‘छिछोरे’ का निर्देशक नितेश तिवारी भारतीय फिल्म उद्योगकै ठूलो फिल्म बनाउने तयारी गर्दैछन्। यो फिल्म ‘रामायण’ हो।

तिवारीले ‘रामायण’ लाई तीन भागको फिल्म बनाउने तयारी गरिरहेका बताइएको छ। यही फिल्ममा यशको पनि मुख्य भूमिका हुने चर्चा चलेको छ। तर यश रामको भूमिकामा भने हुने छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यशलाई रावणको भूमिका अफर गरिएको छ। रामको भूमिका बलिउडकै अभिनेताले पाएका छन्। रणवीर कपूर राम बन्दैछन् भने दीपिका पादुकोण सीता बन्नेछन्। तर यसबारे निश्चित भइसकेको छैन।

अभिनेता यश फिल्मप्रति सकारात्मक रहेको बताइएको छ। उनले रामायण टिमसँग छलफल गर्ने समेत बताएका छन्।

केही समयअघि रावणको भूमिकामा बलिउड अभिनेता ऋतिक रोशन देखिने चर्चा थियो। तर उनले ‘विक्रम वेधा’ पछि नकारात्मक भूमिकामा नखेल्ने बताएका छन्।

Tags

छुटाउनु भयो कि ?