News in Nepali

सर्वोच्चमा बढाइयो सुरक्षा

Lumbinikhabar Online

सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

सर्वोच्चमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली नियमित रहने गरेको छ । तर, केही बेरअघिबाट अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त सिंहदरबारबाट थप टोली खटाइएको छ ।

सुनुवाइ सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू फैसलाको गृहकार्यमा लागेका छन् ।

Tags

छुटाउनु भयो कि ?