News in Nepali

माओवादी स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी, भावी राष्ट्रपतिबारे छलफल

Lumbinikhabar Online

सत्तारूढ दल माओवादीको स्थायी कमिटी बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका दुई मुख्य विषयमा छलफल चलिरहेको छ ।

हिजोको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रपति साझा संवैधानिक पद भएकाले सकेसम्म राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै स्थायी कमिटी सदस्यहरूसँग सुझाव मागेका थिए ।

‘अध्यक्षले राष्ट्रपति निर्वाचनमा कसरी जाँदा उपयुक्त हुन्छ, परिस्थिति बुझेर सुझाव दिन भन्नुभएको थियो, त्यसैमा केन्द्रित भएर आज स्थायी कमिटी सदस्यहरूले धारणा राख्नुहुनेछ,’ उपमहासचिव मातृका यादवले नयाँ पत्रिकासँग भने ।

हिजो अध्यक्ष प्रचण्डले अघिल्लो गठबन्धन, नयाँ गठबन्धन र सरकार गठनदेखि हालसम्मको परिस्थितिबारे ब्रिफिङ गरेका थिए । कांग्रेसले समेत विश्वासको मत दिएको अवस्थामा राष्ट्रिय सहमतिको प्रयास गर्नु माओवादीको कर्तव्य भएको प्रचण्डले बताउँदै आएका छन् ।

Tags

छुटाउनु भयो कि ?