News in Nepali

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले छोटो फिल्म प्रतियोगिता गर्ने

Lumbinikhabar Online

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटो फिल्म प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन बिहीबारदेखि नै आवेदन खुला गरिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

क्याम्पस प्रमुख शिशिर उप्रेतीले यो प्रतिस्पर्धा फिल्मकर्मीलाई गतिलो प्लेटफर्म हुने बताए । धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्तो प्रतिस्पर्धा वरदान हुन सक्ने उनले बताए । ‘फिचर फिल्म बनाउन महंगो हुने गर्छ तर छोटो फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । तर हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौं भन्ने सन्देश दिन खोजेका हौं,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?