News in Nepali

अग्नि सापकोटा माओवादी बैठकमा सहभागी, उपाध्यक्ष बनाउने तयारी

Lumbinikhabar Online

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् ।
नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।
यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।

Tags

छुटाउनु भयो कि ?