News in Nepali

रहिनन् साहित्यकार ग्रेटा राणा

Lumbinikhabar Online

लामो समयदेखि स्वास्थ्य समस्या बेहोर्दै आएकी साहित्यकार ग्रेटा राणाको ८० वर्षको उमेरमा बुधबार मेडिसिटी अस्पतालमा निधन भएको छ । ब्रेन ट्युमरबाट ग्रसित राणा एक महिनायता मेडिसिटीमा उपचाररत थिइन् ।

पछिल्ला वर्षमा ग्रेटासँग सृजनात्मक सहकार्य गर्दै आएकी लेखक सगुना शाहका अनुसार, बुधबार अपराह्न पशुपतिनाथमा ग्रेटाको अन्तिम संस्कार गरिएको थियो ।
सन् १९४३ मा बेलायतको योर्कसरमा जन्मेकी ग्रेटाले अर्थशास्त्री मधुकर शमशेरसँग विवाह गरेकी थिइन् ।

उपन्यासकार, कवि एवं नाटककारका रुपमा परिचित ग्रेटा ५० वर्षयता काठमाडौंबासी बनेकी हुन् । उनी लामो समयसम्म ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलेपमेन्ट’ (इसिमोड) सम्बद्ध थिइन् । अंग्रेजी भाषामार्फत नेपाली साहित्यमा लेखन र बहस निम्तयाउने अग्रणी स्रष्टाका रूपमा ग्रेटा चिनिएकी छिन् ।

उनले राणा परिवारभित्रका महिलाको विषयवस्तुमा आधारित रहेर लेखेको उपन्यास ‘हिडेन विमिन : द रुलिङ विमिन अफ् द राणा डाइनास्टी’ विशेष बहसमा रही आएको छ । उनका ‘बिनिथ द जाकारन्डा’, ‘हंगर इज होम’, ‘नोथिङ ग्रीनर’, ‘डिस्टेन्ट हिल्स’, ‘गेस्ट्स इन दिस कन्ट्री’, ‘होस्टेज’, ‘घोस्ट इन द ब्याम्बु’ लगायतका कवितासंग्रह तथा उपन्यास प्रकाशित रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?