News in Nepali

डार्बिनबाट सुरु भयो अस्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा

Lumbinikhabar Online

भर्खरै नेपालमा ‘मानवताका लागि संगीत’ नारा लिएर देशव्यापी कार्यक्रम सकेको नेपथ्यले अस्ट्रेलियामा समेत आफ्नो सांगितिक यात्राको सुरुवात गरेको छ । भ्रमणको सुरुवातास्वरूप डार्बिनमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपथ्यले सधैंझैं प्रशंसा पाएको थियो ।

अस्ट्रेलियाका हरेक राज्यमा आयोजना हुने सांगीतिक यात्राका क्रममा नेपथ्यका लिड गायक अमृत गुरुङसहित १३ जनाको टोली केही दिनअघि अस्ट्रेलिया आइपुगेको हो । डार्बिन इन्टरटेन्मेन्ट सेन्टरमा आयोजित कार्यक्रममा सयौंको संख्यामा युवाको सहभागिता रहेको थियो ।
हालै रिलिज गरिएको ‘भट्भटे’ बोलको गीतबाट सुरु भएको कन्सर्ट २ घण्टा बढीसम्म चलेको थियो । कार्यक्रममा सधैंझैं गुरुङलाई दर्शकले तालीले स्वागत गरेका थिए । आफ्ना नयाँ र सदाबहार गीत प्रस्तुत गरेका गुरुङले सहभागी दर्शकलाई नेपाललाई माया गर्न र नभुल्न आग्रह समेत गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?