मनोरन्जन

भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

Lumbinikhabar Online

काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाट बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ । कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाइन । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताइन ।

विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताइन । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गरिन । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए ।

समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासमा रहेका जीवन जगत र प्रेमसम्बन्धी केही लाइनले आफ्नो मन जितेको बताइन । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले लेखनमा भावनाको भविष्य रहेको बताए । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको अत्याधिक माग बढेपछि विमोचन अघि नै दोस्रो संस्करण निकालिसकिएको छ ।

Tags

छुटाउनु भयो कि ?