News in Nepali

जब जीवित शिशुलाई डाक्टरले गरे मृत घोषणा

Lumbinikhabar Online

कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले फिर्ता पठाए, दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाए, अहिले अर्को अस्पतालमा उपचार हुँदै

१८ दिने शिशुका पिता दिलीप मुखिया भन्छन्–छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍यायौँ । डा. आकाश यादवले हामीलाई छोरीको सास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भने । डाक्टरको घोषणापछि हामीसँगै आफन्तको पनि रुवाबासी चल्यो । त्यसपछि दाहसंस्कारको तयारी गर्ने योजना बनाएर हामी निराश हुँदै घर फर्कियौँ । तर, घर पुगेपछि त छोरीका हातगोडा चलमलाए । तत्काल गोल्डेन अस्पताल पुर्‍यायौँ । अहिले छोरीको उपचार भइरहेको छ ।

विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको छ । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो ।

Tags

छुटाउनु भयो कि ?