News in Nepali

कर्जाको ब्याजदर दोहोरो अंकको तल्लो बिन्दुमा हुँदा सन्तुलन हुन्छ : पूर्वअर्थमन्त्री खतिवडा

Lumbinikhabar Online

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाजलाई ओभरसुट गरेर फेरि उडाइएका कारण दुर्घटना हुनबाट जोगाइएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले भने, ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटना भएको थियो, ओभरसुट गरेर फेरि उडाइएको छ । अब सेफ ल्यान्डिङ गर्नु पर्ने छ । अब इन्जिन र पाइलट सही हुँदा जहाज सुरक्षित अवतरण हुन्छ ।’

पर्यटनबाट आर्जन गरेको रकम भन्दा शिक्षामा धेरै पैसा विदेश बाहिर पठाउने परिपाटि रहेको भन्दै उनले अब नेपाली उद्योगको क्षमता बढाउनुपर्ने बताए । ‘उद्योगहरु ५० प्रतिशत क्षमतामा चलेका छन्, सेवा क्षेत्रको माग घटिरहेको छ, फ्युचर इन्भेस्टमेन्ट प्लान दुई तिहाइले पर सर्दैछन्, यसले अर्थतन्त्र शिथिल बन्छ,’ उनले भने, ‘यसले मूल्य घट्ला, ब्याजदर घट्ला, के भयो ? हामीलाई त उत्पादन, रोजगारी, निर्यात चाहिएको न हो ।’

Tags

छुटाउनु भयो कि ?