फिल्म र संगीत

मेरी वास्सैको मुख्य कलाकार सर्से घाईते

Lumbinikhabar Online

प्रत्येक मंगलवार साझ नेपाल टेलिभिजनवाट प्रसारण भईरहेको हास्य टेलिचलित्र मेरी वास्सै कि मुख्य कलाकार सरस्वती फुंयाल (सर्से ) घाईते भएकी छिन । टेलिचलचित्र मेरी वास्सैको कथाअनुसार आजको ७९० औ भागमा उनलाई गुन्डाहरुले घाईते वनाएको छन भने नेपाली चलचित्र विरविक्रम २ मा वाघवहादुरको साथीको भुमिमाका देखिएर दर्शकको मन जितेका कागवहादुर (कागे) ले उनलाई वचाएर धर पुर्याएका छन यसरी टेलिचलित्रको आजको कथा राम्रो वनेको उक्त टेलिचलचित्रका लेखक कुन्जन घिमिरेले वताए । मेरी वास्सैमा सर्सेको अलवा घिरौले ,दारी वा ,काजी वा , कजिनि आमा ,मुलाको साग , चम्सुरी ,प्याकुली ,सापटे ,कागे ,वोक्रे सोल्टी , चुल्ठे, भान्जो आदीको अभिनय रहेको छ भने निर्देशन दिवाकर भण्डारीको रहेको छ ।

Tags

छुटाउनु भयो कि ?