फिल्म र संगीत

जितु र साम्राज्ञी को अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज

Lumbinikhabar Online

जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ । यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ । रिजालका सुपुत्र डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

२ मिनेट ३७ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे खास खुलासा गरेको छैन तर कथावस्तुका केही पक्षलाई यसले चित्रण गरेको छ ट्रेलरमा समावेश एक गीतमा अभिनेत्री रेखा थापाको ठुम्का देख्न सकिन्छ । विवाहको सर्त बाझिंदा आउने द्वन्द्व यसको प्रमुख कथावस्तु हो भन्ने बुझ्न कठिन छैन । ‘यसभन्दा अघिको कथा बुझ्ने जिम्मा दर्शकलाई छाडेका छौं । यो एक जिम्मेवारी र प्रेमको कथा हो । दर्शकले फिल्मको कथावस्तुलाई रुचाउने हाम्रो अपेक्षा छ,’ निर्देशक रिजालले भने ।

Tags

छुटाउनु भयो कि ?