News in Nepali

श्रीमतीलाई भिडबाट बचाउँन लाग्दा भारतीय अभिनेता गुरमीत चौधरी घाइते

Lumbinikhabar Online

भारतीय अभिनेता गुरमीत चौधरी आफ्नी श्रीमती देबिना बनर्जीलाई भिडबाट बचाउँ लाग्दा आफू घाइते भएको बताएका  छन्।

उनले ३० डिसेम्बरमा गुरमीतले मुम्बईमा

एक  प्रस्तुति दिएर फर्किने क्रममा भिडबाट आफ्नो श्रीमतीलाई बचाउँदा उनी घाइते भएको बताएका छन् ।  उनले सामाजिक संजाल   इन्स्टाग्राम ह्यान्डलमा भिडिओ सेयर गर्दै लेखेका छन्, ‘बलिउड अभिनेता गुरमीत चौधरीले आफ्नी पत्नी देबिना बनर्जीलाई भिडबाट जोगाउँदा उनलाई चोट लागेको छ। उनकी श्रीमती र फ्यानहरू सबै सुरक्षित छन्।’

गुरमीत भारतीय टेलिशृंखलाका चर्चित अभिनेता हुन्। उनले ‘खामोशिया, पल्टन, द वाईफ, मिस्टर एक्सलगायत फिल्ममा पनि अभिनय गरेका छन्।

Tags

छुटाउनु भयो कि ?