News in Nepali

रेखा थापा भन्छिन् : फिल्म र सन्तान संगसंगै आउन सक्छन्

Lumbinikhabar Online

नेत्री तथा अभिनेत्री रेखा थापाले  आगामी फागुन र वैशाखमा  छायांकनको तयारीमा रहेका २ फिल्म पछि

मात्रै आफू आमा बन्ने बताएकी छन् ।

‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताएकी हुन्  । आगामी असोजमा फिल्म रिलिज हुने उनको भनाइ छ ।

सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उनले बताइन् । ‘हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्,’ रेखाले भनिन्

कपिल रिजालले निर्देशन गरेको फिल्म ह्यारीकी प्यारीमा रेखाले केमियो भूमिका निर्वाह गरेकी छन् ।

Tags

छुटाउनु भयो कि ?