News in Nepali

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखियो

Lumbinikhabar Online

बलात्कार आरोप लागेका क्रीकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसी थियो। न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप गत असोज २० गते उनलाई पक्राउ गरिएको थियो । केही समय अघि उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए।

Tags

छुटाउनु भयो कि ?