आर्टिकल्स

हामीले कस्तो देश बनाउन चाहेको हो ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अबस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् ।

माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलक अलक हुँदा धेरै कमजोर देखिएका छन । कम्युनिष्टका नेताहरु पदका लागी फुटछन । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ । कम्युनिष्टहरु पटक पटक सरकारमा गए जनताको पक्षमा के काम गरेर देखाए ? यी कुरा जनताले बुझिरहेका छन । जुन सुकै पार्टी पनि लोकप्रिय हुन जनहितमा काम गरेको हुनु पर्छ । जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन । देशमा युवाहरूले रोजगारीको अबसर नपाएर बिदेशीन बाध्य छन ।

देशमा भएका राजनीतिक दल र तिनका नेताहरु प्रति जनताको वितृष्णा छ । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो । अहिलेको चुनावमा रबि लामिछाने जस्ता युवाले नेतृत्व गरेको नयाँ दलहरुको उदय भएको छ । रवि लामिछानेले ५ महिनाअगाडि स्वतन्त्र दल दर्ता गरे । र निर्वाचनमा भाग लिए । राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । यस निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसदमा प्रवेश गरेका छन् ।

नेपालको राजनीतिमा नयाँ दल आउने र विलय हुने गरेको पनि हामी देखेका छौ । अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । त्यसो भएर पनि देशमा समस्या आएको हो । तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरु फेरि दोहोरिएर आएका छन । अब जनताले उनीहरुबाट के आश गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनु भनेको देशका लागी दुरभाग्य हो । हामीले कस्तो देश बनाउन चाहेको हो ? अब सोच्नु पर्ने बेला भएको छ । कुरा गरेर मात्र हुदैन अब जनता परिणाम खोजिरहेका छन । नेताका भाषणमा जनताको कुनै बिश्वास छैन । अहिलेको यो अबस्थामा जनता आफै सचेत छन ।

Tags

छुटाउनु भयो कि ?