आर्टिकल्स

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

Lumbinikhabar Online

-डा.डी.आर.उपाध्याय खनाल,
काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन ।
बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । युवा नेताहरु देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने सोचका साथ अघि बढनु पर्छ । जनता संग जे बाचा गरेर भोट मागिन्छ त्यसै गरी चुनाव जिते पछि दायाँ बायाँ नगरी बाचा अनुसार काम गरेर देखाउनु पर्छ । पछिल्लो समय आम नागरिकले राजनीति प्रति त्यति चासो राखेको पाइदैन ।
कारण के हो भने राजनीति प्रति जनतामा बितृष्णा बढ्यो । लामो समय देखि राजनीतिक दलहरुले देशमा शासन चलाइरहेका छन । तर जनताको अबस्थामा अझै सुधार आउन सकेको छैन । जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । त्यसो भएर जनतामा निराश उत्पन्न भएको हो । आज दलहरु लोकतन्त्रमा पनि गठबन्धनको राजनीति गरेका छन ।
गठबन्धन गरेर चुनाव लडने र चुनाव पछि मिलिजुली सरकार बनाउने त्यस पछि मुलुकमा अस्थिरता निम्त्याउने खेल ठूला दलहरुमा देखिएको छ । यसरी मुलुक बन्दै बन्दैन यो कुरा म बारम्वार उठाउदै आएको छु । गठबन्धनको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । राजनीतिक दलहरू आआफ्ना सिद्धान्त, विचार र कार्यक्रम लिएर जनतासामु जानु पर्नेमा सिद्धान्त, विचार नै नमिल्ने दल संग तालमेल गरेर चुनावमा जादा जनताले के आधारमा बिश्वास गर्ने ? जनताले प्रश्न गर्नु पर्ने भएको छ । २०४७ साल देखि अहिले सम्म तीनै पुराना नेताहरु पटक पटक दोहोरिदै आएका छन ।
ति नेताबाट जनताले कुनै आश गरेका छैनन् । फेरि पनि ति पुरानै नेताहरु दोहोरिएर आउनु भनेको देशको प्रगतिलाई पछाडी धकेल्नु हो । सबै राजनीतिक दलहरु मंसिर ४ गते हुन गइरहेको चुनावलाई केन्द्रमा राखेर मैदानमा उत्रिएका छन्। उनीहरु जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने काम गरिरहेका छन ।
जनताले राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन र विकास चाहेका छन्। आगामी निर्वाचनमा पूर्ण बहुमत कुनै दलले ल्याउन सक्ने अबस्था देखिदैन । त्यसो भएकोले संसद् त्रिशंकु हुन जानेछ र सरकार बनाउने र भत्काउने परम्परागत खेल हुने छ । गठबन्धन आजको आवश्यकता होइन । किन भने यसले चुनाव पछि अस्थिरता निम्त्याउने खतरा छ । राजनीतिक स्थिरता नभए सम्म देशको बिकास सम्भव छैन । आम मतदाताले सोचनु पर्ने बेला आएको छ ।

Tags

छुटाउनु भयो कि ?