मनोरन्जन

रमेशको ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

बहु प्रतिभाशाली गायक रमेश पाठकको नयाँ तिहार गीत सबैको रोजाइमा पर्न सफल भएको छ। पाठककै शब्द, स्वर र संगीत रहेको “झिलिमिली तिहारै आयो” बोलको गीत केहि दिन अघी मात्र सार्वजनिक भएको थियो ।
पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको संगीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन बिजय कार्कीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन ।

नेपालीहरुको माहन चाड दिपावली नजिकदै गर्दा अहिले पाठकको “झिलिमिली तिहारै आयो” बोलको गीत एफ एम, टेलिभिजनहरुमा अत्याधिक बजिरहेको छ । त्यस्तै पछिल्लो समयमा चर्चित मोबाईल एप TIKTOK मा पनि पाठकको यो गीत अत्याधिक रुचाईएको छ । हुन त गायक रमेश पाठकका तीज गीत, दशै गीत प्राय सबै चर्चित छन । नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीत हरु धेरै बज्ने गर्दछन गायक पाठक सचेतना मुलक गीतमा पनि उत्तिकै अब्बल छन । गायक पाठकलाई अझ सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

Tags

छुटाउनु भयो कि ?