टप खबर

लोकप्रिय व्यूटी सलुन ‘फेसियल हाउस’ १५ औं वर्षमा

Lumbinikhabar Online

फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ ।

इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजवाला पार्लर भन्न मन पराउछुँ । फेसियल हाउसले कस्ता– कस्ता सेवा प्रदान गरिरहेको छ ? फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ ।

टाटु रिमुभर लेजर मेसिन, हेयर, व्युटी र स्किन केयर मेसिन, स्किन टेस्ट, कृत्तिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्ध छन् । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै मलेशिया, कोरिया, इन्डिया ,पोल्यान र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ । ग्राहकको आकर्षण कस्तो छ ? हाम्रो ग्राहकको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । म आफू यस क्षेत्रमा पोख्त भएर मात्र फेसियल हाउस संचालन गरेको हुँ ।

नयाँ टेक्नोलोजी के के आएका छन् त्यसलाई पछ्याउँदै सिक्दै सेवा प्रदान गरिरहेका छु । अरु पार्लरभन्दा राम्रो सुविधा प्रदान गरेकै कारण ग्राहकको रोजाइमा पर्न सफल छौं र विश्वास जितिरहेका छौं । हाम्रोमा आउने ग्राहकलाई हामीले चित्त बुझाएर पठाउँछौं । पहिलो पटक आउनुभएको ग्राहक अर्को पटक आउँदा अर्को एकजना साथमा लिएर आउनु हुन्छ । हाम्रो कामका कारण नै हामी लोकप्रिय बनेका हौ ।

कहिले काहीं अन्य स्थानमा सेवा लिएर आफ्नो कपाल तथा स्किन विगारेर पनि आउनु हुन्छ । हामीले उहाँहरुलाई पनि रिपेयर गर्छौं । उहाँहरुले प्रयोग गरेका प्रोडक्ट हेरेर सल्लाह पनि दिन्छौं । सबै जनालाई राम्रो बनाउने पेशामा लागेको छु जस्तो लाग्छ । यहाँ आउने ग्राहकलाई मात्र नभई सामाजिक सञ्जालका विभिन्न विभिन्न माध्यमबाट मैले अरुलाई पनि सल्लाह तथा सुझाव दिने गरेको छु । चाडपर्व लक्षित अफरमा के कस्ता विशेषता छन् ? हामीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका छौं । अफर अन्तर्गत फेसियल हाउसमा २ हजारदेखि ७ हजार रुपैयाँमा केराटिन स्मुथिङको सेवा लिन सकिन्छ ।

१ हजारदेखि १ हजार २ सय रुपैयाँमा स्पेशल फेसियलको सेवा लिन सकिनेछ । साथै भारी छुटमा माइक्रोब्लेडिङको पनि सुविधा लिन सकिन्छ । कर्मचारी कति हुनुहुन्छ, शाखा विस्तार कहाँ कहाँ गर्नुभएको छ ? ६० भन्दा धेरै कर्मचारी हामीसँग हुनुहुन्छ । काठमाडौंको काठमाण्डु मल, सिटिसी मल, चावहिल तथा पोखराको ट्रेड मल, सुर्खेतको न्यु रोड र धनगढीबाट हामीले सेवा प्रदान गरिरहेका छौं । नेपालीहरुको महान पर्व दसैंमा सेवाका लागि समय कसरी गर्नुहुन्छ ? दसैंमा मलाई खासै अप्ठ्यारो छैन । काठमाडौं कै स्थानीय बासिन्दा भएकाले पनि मलाई समय व्यवस्थापन गर्न सहज छ ।

परिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ । अन्य पार्लर तथा सैलुनले पनि फेसियल हाउस भनेर प्रचार गरेको देखिन्छ, के भन्नुहुन्छ ? नक्कली नाम र मिल्दोजुल्दो नामसँग नझुक्किुहोला भनेर हामीले भन्दै आएका छौं । फेसियल हाउस मात्र लेखेको हेर्नु होला ।

ब्राण्ड बनाउन कति मेहनत गर्नुपर्छ भन्ने बनाउनेलाई थाहा हुन्छ । तर अहिले बजारमा अरुले स्थापित गरेको ब्राण्ड बेच्ने र आफ्नो नाम नै नदेखाउने प्रवृत्ति बढेको छ । कस्टमर पनि झुक्किनुहुन्छ । कतिपयले ग्राहकलाई डुब्लिकेट सामान प्रयोग गर्ने गरेको पनि देखिन्छ । त्यसैले मेरो फोटो भएको र फेसियल हाउस मात्र लेखेको हेर्न अनुरोध गर्द छु । तपाई काठमाडौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष पनि हुनुहुन्छ देशको ईकोनेमिक अवस्था चाहि कस्तोछ ? कोभिट पछि संसार नै सिथिल बन्यो यसको प्रभाब नेपालमा पनि नर्पेत कुरै भएन त्यस माथि रसिया र युक्रेन युद्धले संसारको ईकोनेमिलाई झनै तल झार्यो यसले तरल्ताको अभाव श्रृजना गर्यो । यहि अभाबमा ब्यवसायीहरु झन् चेपुवामा परे । बैंकले ब्याज दर बृद्धि गर्दै लग्यो उद्योग धन्दा बन्द हुदै जान थाले । यसको समाधान के हुन सक्छ त ? यसको समाधान नेपाल सरकारले नै गर्ने हो ।

अहिले राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री जानी दुश्मन जस्ता भएका छन् । यसैले पनि अफ्टेरो अवस्थाको श्रृजना भएको छ । राष्ट्रले चाहेको अवस्थामा बैंकलाई हस्तक्षेप पनि गर्न सक्नु पर्छ । लगानीको बतावरणलाई विग्रिन दिनु हुदैन । ब्यवसायीले २०१८ देखि अहिले सम्म नाफा गरेका छैनन् । यो ४ वर्ष राज्यलाई कर तिरीरहेका छन् । कामदारहरुलाई तलब पनि दिराखेकै छ । अब १ वर्ष बैंकले नाफ आर्जन नगरेर ब्यवसायीहरुलाई बचाउदा केहुन्छ ? राष्ट्र बैंकले त ब्याज सस्तो गर्यो भने पैसा अनुत्पादक तिर लगानी जान्छ भन्छनी ? तपाईले भन्न खाज्नु भएको बैंक वाट लोन लिएर जग्गा वा सियर बजारमा लगानी गर्यो ।

म यसलाई मान्न तैयार छैन । नियामक निकायले विभिन्न औजार प्रयोग गरेर अनुत्पादक क्षत्रको लागानी रोक्न सजिलै सक्छ । जग्गालाई ३० प्रतिसत हैन १० प्रतिसत कायम गरे हुन्छ । सियर बजारमा पनि ३ करोड १२ करोड भनेर क्याप लगाउने हैन यसलाई पनि ३० प्रतिसत कायम गरे पुग्छ । कम्पनीहरुमा जाने लोनको मापन पनि लगानी हेरर हैन ट्रन ओभर हेरेर दिन सकिन्छ । नयाँ कम्पनीहरुलाई चलेको साझेदार खोज्न लगाउने हो भने लगानीको ग्यारेन्टी पनि बढ्दै जान्छ । बैंकले धितो राखेको छ डुबे ब्यवसायी डुब्छ भन्ने नीतिलाई पनि परिर्वतन गर्न सक्नु पर्यो अव राज्यले ।

Tags

छुटाउनु भयो कि ?