मनोरन्जन

किरण केसीको दशैं गीत ‘दशैंमा जमरा’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

काठमाडौं । हिन्दुहरुको महान चाड दशैंको शुभकामना सहित लोकप्रिय कलाकार किरण केसी ‘रातामकै’ले दर्शक श्रोताका लागि कोशेली स्वरुप दशै गीत ‘दशैंको जमरा’ सार्वजनिक गरेका छन । उनकै स्वरमा रहेको दशैं गीतमा गायिका गंगा विष्टको पनि स्वर रहेको छ भने बावुल गिरीको शव्द तथा संगीत रहेको छ ।

गायक केसीको आफ्नै युट्युब च्यानल किरण केसी रातामकैबाट सार्वजनिक भिडियोमा उनले अभिनय तथा नृत्य समेत गरेका छन भने उनलाई लोकप्रिय अभिनेत्री दिपाश्री निरौलाले अभिनयमा साथ दिएकी छिन ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन र संगीत सागर बुर्जाले निर्देशन गरेका हुन । आरव प्रडक्सनले निर्माण गरेको भिडियोको प्रडक्सन म्यानेजर बिजय रसाईली हुन ।

Tags

छुटाउनु भयो कि ?