मनोरन्जन

इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित ‘इन्दिरा घिमे मैँचा’को शुभमुहूर्त

Lumbinikhabar Online

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त गरिएको छ । ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने चलचित्रको शुभमुहूर्त गरिएको हो ।

बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुनुहुन्छ । चलचित्र आगामी असोज १० गतेबाट छायांकनमा जाने बताइएको छ ।

चलचित्रको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम हुनुहुन्छ ।

नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युकोसमेत अभिनय रहने छ ।

चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठ रहनुहुने निर्माणपक्षले जनाएको छ ।

शुभ मुहूर्त कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले चलचित्रलाई सफलताको शुभकामना दिनुभयो ।

चलचित्रमा सङ्गीतकार निल शाक्य र ‘सुरेन्द्र श्रेष्ठ’ सङ्गीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

चलचित्रमा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने चलचित्रको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम व्यवस्थापक सीताराम माकः रहनुभएको छ ।

Tags

छुटाउनु भयो कि ?