आर्टिकल्स

आन्दोलन र क्रान्ति युवाहरुले नै गरेका हुन

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

काठमाडौं । आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको भाग्य र भबिश्य निर्माणका लागी युवाहरु जुटनु आजको आवश्यकता हो । युवाहरु जुटनै पर्छ । देश बनाउनका लागी आगामी निर्वाचनमा युवाले जितेर आउनु पर्छ । यो अहिलेको समयको माग हो । पुराना नेताहरुलाई मतदाताले स सम्मान बिदाई गर्नु पर्छ । पुराना नेताबाट अब मुलुकले निकास पाउदैन । यो कुरा सबैले बुझि सकेका छन । राष्ट्रको भविष्य निर्माण गर्ने भनेको अब युवाहरुले हो ।

युवा बिना अब मुलुक बन्दैन । युवा नेताहरु अब अग्रसर हुनु पर्छ । आज देश बर्वादीको दिशा तर्फ उन्मुख छ । यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ । बिभिन्न राजनीतिक दलका युवा नेताहरु अघि नबढे सम्म देश बन्दैन । यो कुरा सबैले बुझन जरुरी छ । आज देशमा राजनीतिक बातावरण बिग्रदै गएको अबस्था छ । देशको राजनीतिक अबस्थालाई सहि ठाउँमा ल्याउन युवा शक्ति एक जुट हुनु पर्छ । आज हामीले जे देखि रहेका छौं , खासै सन्तोष गर्ने ठाउँ छैन । २०६२÷६३ सालको जनआन्दोलनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । युवाहरु राजनीतिमा सक्रिय नभएको भए परिवर्तन सम्भव थिएन ।

नेपाली राजनीतिले मुलुकमा बेला बेलामा ठूलो उथल पुथल ल्याएको छ । आन्दोलन र क्रान्ति युवाहरुले नै गरेका हुन । आन्दोलन सफल बनाउन युवाहरुको भूमिका छ । वास्तवमा युवाहरु आन्दोलनमा अघि नबढेको भए आज परिवर्तन हुने थिएन, यो कुरा सबैले बुझनु पर्छ । युवा भनेको देशको कर्णधार हुन । अब युवाले जे चाहायो त्यो हुन्छ । विश्वको कुनै पनि परिवर्तन युवाकै क्रियाशीलता र सहभागिताबाट भएका देखिन्छ । युवाको मर्म युवाले नै बुभ्mन सक्नु पर्छ । आज युवाशक्ति कमजोर हुँदा देश कमजोर बनेको छ ।

अब मंसिर ४ गते हुँदै गरेको आवधिक निर्वाचनमा असल काम गर्नेलाई आप्mनो मतदान गरी युवामैत्री सरकार बनाउनसक्नु पर्छ र सत्ता स्वार्थप्रेरित राजनीतिलाई लोककल्याणकारी राजनीतिमा रूपान्तरण गर्न सक्नु पर्छ । यसो गर्न सक्यौं भने मात्र हामी नयाँ आर्थिक समृद्धिमा जान सक्छौं । अहिले, राजनीतिमा लागेका युवाले देश र जनताका लागी केही सोच्नु पर्छ । देशको भविष्य बारेमा युवाहरुले मार्ग चित्र कोर्नु पर्छ । नेपालमा युवाले समाज परिवर्तनको रेखा कोर्नु पर्छ । युवाहरु माथि सबैको भरोसा बढेर गएको छ । विश्वको कुनै पनि परिवर्तन युवाकै क्रियाशीलता र सहभागिताबाट भएको पाइन्छ । राजनीतिक व्यवस्थाले युवालाई अघि बढन अग्रसर गरेको छ । राजनीति अब युवाहरुको हातमा जानु पर्छ । राजनीतिमा युवाको सक्रिय नेतृत्व आजको आबश्यकता हो । यो विषयलाई अब व्यापक छलफलमा ल्याउनु पर्छ ।

Tags

छुटाउनु भयो कि ?