टप खबर

प्रोफाईल फोटोमा प्रेमगित भन्दा प्रेमगन्जको दुई गुणा बढि

Lumbinikhabar Online

प्रोफाईल फोटोमा प्रेमगित भन्दा प्रेमगन्जको दुई गुणा बढि
यही भदौ ३ अर्थात आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुन गईरहेको प्रतिक्षित चलचित्र प्रेमगन्जको पछिल्लो ७ दिनमा झण्डै १२ सय जनाले प्रोफाईल फोटो बनाएका छन् । प्रेमगन्ज नेपाली फिल्ममा सबैभन्दा धेरै प्रोफाईल फोटो बनेको चलचित्र हो । प्रेमगितको भने १८ दिनमा ६१३ प्रोफाईल फोटो बनेको छ । यसैगरि भदौ ३ मा नै प्रदर्शन हुन गईरहेको चलचित्र कृष्णलीला को ७ दिनमा ५६१ वटा र माईकल अधिकारीको ६३ वटा प्रोफाईल फोटो बनेका छन् ।
सिने क्षेत्र र बैंकिङ्ग क्षेत्रका लगभग ३०० जनाको उपस्थितिमा हिजो श्रावण ३१ गते सम्पन्न प्रिमियर सो मा प्रेमगन्जले अत्यन्तै उत्कृट समिक्षा पाएको छ । अधिकांशले प्रेमकथामा आधारित पछिल्लो समयको नेपाली फिल्ममा प्रेमगन्ज सबैभन्दा उत्कृष्ट चलचित्र बनेको भनि प्रतिक्रिया दिएका थिए । पत्रकार विजय आवाजले प्रेमगन्ज लाई मास्टर पिस फिल्मको ट्याग नै लगाई दिए । यस चलचित्रले दर्शकको कस्तो साथ पाउने हो त्यो जान्न भने आउँदो शुक्रबार सम्म प्रतिक्षा गर्नु पर्नेछ ।

Tags

छुटाउनु भयो कि ?