टप खबर

देश तिलकले गर्यो नि:शुल्क दन्त शिविर सम्पन्न

Lumbinikhabar Online

काठमाडौँको बत्तीसपुतली स्थित देश तिलक मेमोरियल हाइ स्कूलले एकदिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना गरेको छ । ओम चाबहिल डेन्टल प्रा ली को प्राबिधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको हो ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गर्दै सन्चालन गरिएको उक्त शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी र सो क्षेत्र वरिपरिका अभिभावक तथा अन्य व्यक्ति सहित पाँच सय भन्दा बढी व्यक्तिहरुले दातको परिक्षण गराएका छन् ।

शिविरमा ओम डेन्टल प्रालिका संचालक अनिल कुमार शर्मा , कृष्ण घिमिरे तथा देश तिलक माध्यमिक विद्यालयका प्रधानाध्यापक जमुनी महतो लगायतका व्यक्तित्वहरुको उपस्थितिमा नेपालकै ख्यातिप्राप्त चिकित्सकहरु सनुसका बर्देवा , विद्या रुम्बा , गङ्गा घिमिरे , सरिता अधिकारी , अनुप कार्की र कृतिका दंगाल लगायतले सेवा प्रदान गरेका थिए । यस्तै, उक्त शिविरलाई सम्पन्न गर्न रंजित रौत , सुजन थापा र जिसन श्रेष्ठ लगायतका व्यक्तित्वहरुले प्रत्यक्ष भुमिका निर्वाह गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?