टप खबर

रसुवागढी हाइड्रोपावर आईपीओमा कती आबेदन आयो ? हेर्नुहोस

Lumbinikhabar Online

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले गएको असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन अझै परेको छैन। मागअनुसारको आवेदन नपरेपछि पुनः आवेदन दिने समय २१ दिन थप भएको छ। अब साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। त्यसपछि साउन १० गतेसम्म समय कायम गरियो।  कम्पनीको अनुसार बुधबार साँझसम्म ३२ हजार ८१७ आवेदकले ६१ लाख ८३ हजार ४५० कित्ताको लागि आवेदन दिएका छन्। आवदेकबाट ६१ करोड ८३ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।

यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरिरहेको छ। कम्पनीले गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।  निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ। आईपीयोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

 

Tags

छुटाउनु भयो कि ?