News in Nepali

एसईई को नतिजा सार्वजनिक , एसरी हेर्न सकिन्छ आफ्नो रिजल्ट

Lumbinikhabar Online

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा  सार्वजनिक गरेको छ ।
बोर्डले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै  नतिजा सर्वजनिक गरेको हो ।
गत वैशाख ९ देखि २० गतेसम्म  सञ्चालन भएको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका थिए ।  परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

एसईईको नतिजा Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।  साथै एसएमएस ३४९४९, ३१००३१६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?