फिल्म र संगीत

गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)

Lumbinikhabar Online

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ ।

प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् । प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो ।

Tags

छुटाउनु भयो कि ?