फिल्म र संगीत

गीतकार रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ ।

नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा सजिएको गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार रोशन भट्टराईको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ ।

नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको रहेको छ । भिडियो गीतकार रोशन भट्टराईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?