फिल्म र संगीत

सुजाता केसीको ‘गाएर नाचेर टोलै थर्काउने’सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र  गायिका
सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् ।

गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थापा,बिनु शाक्या,रश्मि भट्ट सहितको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । शन्तोष राजबहाकद्वारा निर्देशित भिडियोलाई छायांकन राम कुमार केसीले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?