टप खबर

स्वास्थ्य समाजसेवी सम्मानित भए

Lumbinikhabar Online

असार ३२, काठमाण्डौं ।
स्वास्थ्य सेवाको क्षेत्रमा समर्पित दुई स्वास्थ्य समाजसेवी सम्मानित भएका छन् ।
नागरिक समाजको १६ औं बार्षिकोत्सव समारोहको अवसरमा शनिबार पर्सा, वीरगन्ज– १५ निवासी स्वास्थ्य समाजसेवी दिपक कुमार भट्टाचार्यलाई विशेष नागरिक सम्मान २०७९ बाट सम्मानित गरिएको हो । भट्टाचार्यलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले कदर पत्र सहित सम्मान गर्नुभयो । महावीर हेल्थ फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका भट्टाचार्य २ दशकदेखि यस क्षेत्रमा क्रियाशील रहेका छन् ।

सोही कार्यक्रममा अर्का स्वास्थ्य समाजसेवी नेत्र नारायण तबदार लाई समेत सम्मान गरिएको छ । २० वर्षदेखि स्वास्थ्य क्षेत्रमा लाग्दै आएका तबदारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले विशेष नागरिक सम्मान २०७९ को कदर पत्र सहित सम्मान गर्नुभयो । उनी मोरङ विराटनगर–४ निवासी हुन् ।

समाजको १६ औं बार्षिकोत्सव समारोहको विशेष कार्यक्रममा विशेष नागरिक पुरस्कार तथा सम्मान कार्यक्रम मार्फत् बरिष्ठ चिकित्सक, समाजसेवी, शिक्षाविद्् लगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा नीजि तथा सरकारी अस्पतालमा विपन्नको पहुँच विषयक अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?