News in Nepali

कलाकार सरोज खनालले गरे `साकुरा फुड ल्याण्डको´ उद्घाटन

Lumbinikhabar Online

काठमाडौँको बुढानिलकण्ठ -२ स्थित ` दि साकुरा फूड ल्याण्ड कम्पनी प्रालि´को औपचारिक उद्घाटन भएको छ । दिवस थापा , सुमन अधिकारी र बिजय कुमार उप्रेतीले सन्चालन गरेको उक्त कम्पनीलाई कलाकार तथा व्यवसायी सरोज खनालले रिवन काटेर उद्घाटन गरेका हुन् ।

जापानीज राष्ट्रिय फूल साकुराको नाम बाट खोलिएको उक्त रेस्टुरेन्टको उद्घाटन समारोहमा संचालक टिमलाई बधाई तथा शुभकामना दिदै अभिनेता सरोज खनालले युवाहरुले चाहेका बखत जे पनि गर्न सकिने बताए । नेपालमा केही पनि गर्न सकिँदैन भन्नेहरुका लागि संचालक टिमको उदाहरण दिदै अभिनेता खनालले आँट गरे असम्भव केही नभएको बताए । साथै उक्त रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गर्दै ग्राहकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि सेवा दिन पनि आग्रह गरे ।

यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गरे । उनले काठमाडौँमा थुप्रै रेस्टुरेन्ट संचालन भइरहेका बेला उनिहरु भन्दा फरक र गुणस्तरीय रुपमा सेवा प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा रेस्टुरेन्टको सेवा सुबिधा बारे प्रष्ट पार्दै संचालक दिवस थापाले भने ” हामिले केही नयाँ ढंगबाट रेस्टुरेन्ट सन्चालनमा ल्याएका छौँ तपाइँहरुले देखिहाल्नु भयो । साकुरा केहो भन्ने तपाइँलाई जिज्ञासा होला । यो एक जापानी राष्ट्रिय फूलको नाम हो । हामिले यसैको नामबाट कम्पनी सन्चालन गरेका छौँ । किनकि यहाँ सबै जापानी आइटमका खानेकुराहरु बन्छन् । त्यसैले हामिले कम्पनिको नाम साकुरा राखेका हौं ।” उनले जापानी परिकार खारागे, सुसि, टेवासाकी चिकेन, सासिमी , नाङ्कोचो, रामेन, कुसिचाकी जस्ता खानेकुराहरु आफ्नो रेस्टुरेन्टमा बन्ने र नेपाली परिकार पनि जापानी तरिकाले बनाइने गरेको बताए ।

यस्तै , उक्त समारोहमा नायक धर्बेन्द्र आचार्य , श्रीदेव भट्टराई , हाँस्य कलाकार गोपाल ढकाल (छन्दे ) वरिष्ठ संचारकर्मी राजेन्द्र लुइँटेल ,सुमित रजक , सोनित ढुंगेल तथा सौन्दर्यविद मनिषा जीसी र दिपिका थापा लगाएतका व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन कलाकार गोपाल ढकालले गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?