आर्टिकल्स

प्रमुख दलहरु प्रति वितृष्णा

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् ।

दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नजाने हो भने देश अघि बढन सक्छ । अब हामी गम्भिर भएर अघि बढनु पर्छ । मुलुकलाई बनाउने र बिगार्ने भनेको प्रमुख भूमिका राजनीतिक दलकै हो । नेपालमा राजनीतिक दलहरु त्यति राम्रो ढंगले अघि बढन सकेका छैनन् ।

सरकारमा गएर पनि दलहरु राम्रो संग काम गर्न सकेनन् । दलहरुले काम गर्न सकेनन् भने भोली ठूलो समस्या आउन सक्छ । सत्ता चलाउने मात्र होकी जनताको पनि काम गर्ने हो ? आज देशमा सुशासन कायम हुन सकेको छैन । जव सम्म देशमा सुशासन कायम हुदैन तव सम्म यो देश बन्दैन । देशलाई असफल बनाउने काममा दलहरु लागिरहेका छन । दलहरु सुधारको बाटोमा जानु पर्छ । यसरी देश र जनताको भलो हुदैन । आज देशमा संघीय शासन व्यवस्थाको अभ्यास भइरहेको छ ।

यो शासन व्यवस्था सञ्चालनमा पनि ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणालीको सफलतामा नै गम्भीर संकट पर्न सक्छ । यो शासन व्यवस्था ल्याउन महत्वपूर्ण भूमिकामा रहेका दल तथा तिनका नेताहरु सच्चिनु पर्ने आबश्यकता देखिएको छ । मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्न दलहरु नै अघि बढनु पर्छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा दलहरु गम्भिर बन्नु पर्छ ।

देश बनाउने कुरामा सबैको चिन्ता हुनु पर्छ । आज देशमा राजनीतिक दलबीचमा एकता र सहकार्य हुन आवश्यक छ । दलले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार काम गरेर देखाउनु पर्छ । जनताको पक्षमा काम गरेर देखाउने हो भने दलहरु आफै लोकप्रिय हुन सक्छन । जनतामा प्रमुख दलहरु प्रति वितृष्णा बढेर गएको छ । प्रमुख दलहरु प्रति वितृष्णा बढनु भनेको खतराको संकेत हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुबे । विकास, प्रगति र सुशासनको प्रत्याभूति जनतालाई दिने गरी काम गरेर देखाउनु पर्छ । राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ ।

Tags

छुटाउनु भयो कि ?