टप खबर

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ

Lumbinikhabar Online

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?