आर्टिकल्स

नेताहरु पद र पैसामा भुले, देशको भबिश्य बारे सोचेनन्

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

काठमाडौं ।  यति बेला सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किदै गएको देखिन्छ । सुरुमा नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको बिषयले चर्को रुप लिएको थियो । अहिले केहि सेलाएको जस्तो छ । त्यस्तै जसपामा पनि चर्को बिवाद छ । डा बावुरामले पार्टी नै छाडेर अर्को पार्टी खोल्ने चर्चा पनि संचार माध्यममा देखिन्छ ।काँग्रेस भित्र पनि बिवाद नै छ । दलहरु भित्र सत्ता स्वार्थका लागी बिवाद भइरहेको छ ।

देश र जनताको हक हित र अधिकारका लागी कुनै बहस, छलफल हुदैन । सत्तामा जाने अनि कसरी हुन्छ लुटने त्यो ध्यान बाहेक दलहरुका अरु केही छैन । पार्टीहरु फुटने भनेको नै सत्ता र पदका लागी हो । आज देशमा राजनीतिक दलका नेताहरुले रमिता मात्र देखाइरहेका छन । लोकतन्त्रमा नेताहरु धनी बन्दै जाने यो जुन गलत संस्कार र प्रबृति बढदै गएको छ यसले अबश्य एक दिन दुर्घटना निम्त्याउने निश्चित छ ।

नेताहरु पद र पैसामा भुले देशको भबिश्य बारे सोचेनन् । आज हामीले जुन कुरा भोग्दै र देख्दै आएका छौं । सन्तुष्ट हुने कुनै ठाउँ नै छैन । देशको बारे सोच्न सक्ने भिजन भएको नेताको आबश्यकता छ अब । पुराना नेताबाट अब मुलुक बन्दैन । यी नेताहरु टेष्ट भइसकेका छन । पुराना नेताहरु बोकेर अझै पनि हामी हिडन छाडेनौं भने देश हाम्रो पाला बन्दैन । पद र पैसाका लागी राजनीति भयो । यस्तो राजनीतिले मुलुकलाई निकास दिदैन ।

मन्त्री पद फुस्किदा ग्वाँ ग्वाँ रुने पनि राजनीतिमा छन ।आफनो स्वार्थ बाहेक अरु नदेख्नेले देशको बिकास कसरी गर्छन ? सबै राजनीतिक दलहरु सत्ताका लागी खुट्टा उचालिरहेका छन । अहिले सत्तामा गएकाहरु आलोपालो मन्त्री खान खोजिरहेका छन । आधा आधा बर्षमा मन्त्री फेरेको फेरै गर्दा जनतामा राम्रो सन्देश पटक्कै गएको छैन । राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ ।

जनता भोकै छन, रोजगार नपाएर कयौं युवाहरु बेरोजगार छन । जनताको बिषयमा सोचेको खै ? योग्य, क्षमतावान ब्यक्तिहरु पाखा लाग्ने पार्टीको झोले भए सबै तिर अबसरै अवसर पाउने जुन संस्कार हामीले देखिरहेका छौं, यसले मुलुकको हित गर्दैन भन्ने कुरा हो । सत्ता र कुर्सिका लागी पार्टी फोडेर जान नेताहरु तयार छन तर जनताको जनजीविकाको बारेमा बोल्ने आँट गदैनन् । अब जनताले बिकल्प पनि खोज्न सक्छन । लामो समय सम्म जनता धर्य भए ।नेताले अब देश बनाउँछन की भन्दै आश गर्दा गदै जनता नै दलहरु प्रति वाक्क दिक्क भए ।

मुलुक बनाउन त दलहरु मिलेर जानु पर्ने हो नी । कुनै चासो नै देखाउँदैनन् । देश बनाउने भनेको नै सबै मिलेर हो । सत्ता रुढ दल एमालेलाई पेलेर जान खोजिरहेको छ । चुनाव सम्म गठबन्धन कायम राखेर जाने र एमालेलाई कमजोर बनाउने खेल सत्ता गठबन्धनको छ । के यसरी देश बन्ला र ? मिलेर खाने चित्त नबुझे बिरोध गर्ने नेताहरुको चिन्तन र सोच छ । अब यसरी हुदैन दलहरु सच्चिनु पर्छ । दलहरु इमानदारका साथ अघि बढन सक्ने हो भने देशको अबस्था बदल्न सक्छन । दलका नेताहरु इमानदारी नहँुदा नै यो समस्या आएको हो ।

Tags

छुटाउनु भयो कि ?