आर्टिकल्स

अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय खनाल,

काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ ।

नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन । जनता समस्यामा पिल्सिरहेका छन । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् ।

देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जुलुश भइरहेका छन । तर सरकार कानमा तेल राखेर बसिरहेको बहाना गरिरहेको छ । सरकारमा बसेर अन्धो जस्तो हुनु हुदैन, सरकारले सबैतिर हेर्न र देख्न सक्नु पर्छ ।

मुलुकका तमाम समस्यालाई चटक्कै छाडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुरा राम्रो होइन । यो कुरामा जनताले पटक्कै मन लगाएका छैनन् । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई निकास दिदैन । मन्त्रिमण्डल हेरफेर गर्नु भनेको सत्ता स्वार्थको राजनीति हो । यसो गर्नु भनेको जनता माथि बेइमान गर्नु हो ।

मन्त्रिमण्डल हेरफेर गरेर आलोपालो मन्त्री बन्ने र आफनो ब्यक्तिगत स्वार्थ पुरा गर्ने बाहेक अरु केही हुदैन । मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीमा चर्को बिवाद चर्किएको छ । सत्तारुढ अरु पार्टीमा पनि त्यस्तै हुदैछ । जनताले मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा त्यति चासो दिएका छैनन् ।

जनताले त बढेको महंगी घटाउन भनेका छन । देशमा सुशासन कायम होस् भनेका छन । सरकार देश र जनता प्रति त्यति गम्भिर भएको देखिएन । सरकारको वरी परि घुम्ने आसेपासे बाहेक जनताले राम्रो संग सास फेर्न पाएका छैनन् । जनताका समस्या दिन प्रतिदिन बढदै छन । जनताका समस्या समाधान गर्न सरकार किन मौन छ ?

सत्तारुढ दलहरु अब गम्भिर बन्नु पर्ने बेला भएको छ । सरकारमा बसेर मात्र हुन्छ की जनताका समस्या समाधान गरेर जाने ? सरकार प्रति जनताको आर्कोशको पारा तात्दै छ । अहिले सम्म त जनता धर्य गरेर बसेका छन । धर्यको पनि सिमा हुन्छ । जनताको धर्यको सिमा भत्कीयो भने ठूलो समस्या निम्तने निश्चित छ ।

बेलैमा सरकारले बिचार गरेन भने आफै पछुताउनु पर्ने हुन्छ । मन्त्रिमण्डल हेरफेर गर्न खोज्नु भनेको बेमौसमी बाजा बजाउनु सरह हो । मन्त्रिमण्डल हेरफेर गर्दा जनतालाई कुनै फाइदा छैन । राजनीतिक दलहरुले आफू खुसि मनपरी गरिरहेका छन । जनताका आशा र अपेक्षा एकातिर छन राजनीतिक दलहरु अकै तिर दौडिरहेका छन । यो राम्रो कुरा होइन । अब पनि राजनीतिक दलहरुको चेत खेलेन भने कहिले खुल्छ ?

Tags

छुटाउनु भयो कि ?