News in Nepali

पूर्व मेयर तथा लोसपाका नेता अजय कुमार गुप्ता एमालेमा प्रवेश गर्दै

Lumbinikhabar Online

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

रौतहटको गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका गुप्ताले यहि असार २३ गतेको दिन पार्टी प्रवेश गर्ने तयारी  भएको स्रोतले बताएको छ । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका छन् । साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए ।

Tags

छुटाउनु भयो कि ?