News in Nepali

आगामी चुनावमा माओवादी वामपन्थीको पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आउने चुनावमा वामपन्थीको पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको भन्दै उनले भने , ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’

प्रचण्डले बताए । गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’
उनले साउन १५ भित्र जित्ने र लोकप्रिय व्यक्तिलाई उम्मेदवारको टिकट दिइसक्ने तयारी भइरहेको समेत बतए ।

Tags

छुटाउनु भयो कि ?