फिल्म र संगीत

किन ‘पिडा’ भयो नायक श्रीदेव भट्टराई र जेविकालाई (भिडियो)

Lumbinikhabar Online

लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको अडियो भिडियो सार्वजनिक भएको छ ।
गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।
गीतकार सिताराम कोइराला रचित पिडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।
गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ ।

भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले उत्कृष्ट तवरले प्रस्तुत गरेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?