टप खबर

गायक रवि सुवेदीको स्वरमा ‘गुंरास जस्तो’ सार्वजनिक (भिडियो)

Lumbinikhabar Online

काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘गुंरास जस्तो’ बोलको गीतको भिडियो सार्वजनिका भएको छ । रोशन अनुराग राईको शव्दमा तयार भएको गीतको भिडियो गायक सुवेदीको आफ्नै युट्यूब च्यानल रवि सुवेदीबाट सार्वजनिक भएको हो ।

लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन ।

गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीत गुंरास जस्तोलाई सुरेन्द्र श्रेष्ठले संगीत एवं एरेन्ज दिएका छन । सुर मेलोडीमा तयार भएको गीतको भिडियोको प्रडक्सन मेनेजर नवराज कार्की हुन भने ड्रोन अपरेटर सुरेश काफ्ले हुन ।

भिडियोमा गायक सुवेदीलाई मोडल अस्मि थापा र अभिनेता जयराम बर्माले अभिनयमा साथ दिएका छन । धुलीखेल तथा काभे्रका मनोरम दृश्य समेटिएको भिडियो प्रविन थापाको कोरियोग्राफी तथा छायांकन र सम्पादन युवराज खत्री र निर्देशन कृष्ण पौडेलको रहेको छ ।

Tags

छुटाउनु भयो कि ?