आर्टिकल्स

संञ्चारकर्मी रबि लामिछानेले कोरेको राजनीति बाटो

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन ।

पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन ।

उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी संचार क्षेत्रमा जस्तै राजनीतिमा सफल होलान त ? किन उनी एका एक राजनीति मैदानमा हाम फल्दै छन ? उनले कोरेको राजनीति बाटो के होला ? जनताले उनलाई साथ दिन्छन की दिदैन त्यो भने हेर्न बाँकी नै छ । रबि लामिछानेले आफै नै राजनीतिमा आउने बताए पछि यति बेला राजनीति तातेको छ । उनले आगामी संघीय चुनावमा काठमाण्डौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने कुरा पनि चर्चामा नै छ । काठमाण्डौका जनताले लामिछानेलाई साथ दिन्छन की दिदैनन भन्ने कुरा त चुनावी परिणामले देखाउने नै छ । अहिले बोल्नुको कुनै अर्थ छैन ।

जे होस आँट उनले ठूलै गरेका हुन । उनी स्वतन्त्र उम्मेदवार हुने हुन की कुनै पार्टीमा प्रवेश गरेर चुनाव लडने हुन त्यो भने अझै स्पस्ट रुपमा खुलेको छैन । राजनीति भनेको फोहोरी खेल हो भन्दै टेलिभिजनमार्फत चिच्चाइरहने रबि आखिर राजनीतिमा नै सक्रिय हुन किन खोजे ? के साँच्चै राजनीति फोहोरी खेल हो ? त्यसो भए के रबि फोहोरी राजनीतिलाई सफा गर्न राजनीतिमा आउन थालेका हुन त ? यो कुरा उनैले जानुन् ।

राजनीतिमा युवा पुस्ताले बिस्तारै सक्रियता बढाउदै जादा रबि पनि सक्रिय बन्न खोजेका छन । उनी आफै राजनीतिमा आउन खोजेका हुन की कतै बाट संचालित हुन खोजेका छन । बजारमा यो कुराको हल्ला हुन थालेको छ । आफनो बिवेकले राजनीतिमा आउन खोजेका हुन भने उनलाई बधाई छ । यदि कतै बाट संचालित हुन खोजेका हुन भने बधाई दिन सकिदैन । संचारकर्मी आफनो क्षेत्र त्यागेर राजनीतिमा आउनु यो कुनै नौलो कुरा होइन ।

रबिन्द्र मिश्र पनि संचार क्षेत्र छाडेर सक्रिय राजनीतिमा आएकै हुन तर उनी सफल हुन भने सकेनन् । अब रबि लामिछाने राजनीतिमा सफल होलान की के होलान ? यो नै गम्भिर प्रश्न हो । उनलाई चिनाएको र लोकप्रिय बनाएको संचार क्षेत्र हो । एका एक उनी संचार क्षेत्र त्यागेर राजनीतिमा आउनुलाई सबैले चासोका साथ हेरेका छन ।

Tags

छुटाउनु भयो कि ?