आर्टिकल्स

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

Lumbinikhabar Online

-डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे ।

स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्चिलो भयो । पैसा नहुने मान्छे चुनावमा उठन आँट नगर्ने अबस्था आयो ।

अबको राजनीति कसरी अघि बढछ चिन्ताको बिषय बनेको छ । चुनावी खर्च त धान्न नसकिने भयो । यसको अर्थ हो, दलका कार्यकर्ता खर्चिला भए । स्वतन्त्र उम्मेदवारहरूले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने संकेत देखिएको छ । लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार बन्न पाइन्छ । तर जनताको मन जित्ने कुरा महत्वपूर्ण हो । जनताको मन जिते जित्न सकिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले यो कुरा प्रमाणित गरिसकेको छ ।

जनताले हाम्रा मान्छे भन्दा राम्रा मान्छे छानेर देखाएका छन । प्रदेश र प्रतिनिधिसभाका चुनावमा पनि जनताले हाम्रा भन्दा राम्रा मान्छे चुन्ने अनुमान गरिएको छ । सत्तारूढ दल अहिलेदेखि नै गठबन्धनको तयारीमा छन्। चुनाव सम्म गठबन्धन टिक्न सक्छ की सक्दैन अहिले यसै भन्न सकिने अबस्था भने छैन । उनीहरूका लागि राजनीतिक दल र तिनका नेताहरुलाई देशमा देखिएका तमाम समस्याका बारेका कुनै चिन्ता र चासो छैन । तर अहिले देखि नै मंसिरे चुनाव प्रमुख बनिसकेको छ। माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी आगामी चुनावमा पनि एक्लै चुनाव लडने आँट गरिरहेका छैनन् ।

गठबन्धन नै कायम राख्न खोजिरहेका छन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू गठबन्धनका लागि बढी नै सक्रिय देखिएका छन्। उनीहरू कांग्रेससहितको गठबन्धन बनाएर एमालेलाई सकेसम्म कमजोर बनाउने योजनामा छन्। वाम आन्दोलनलाई समाप्त गर्ने खेलमा नेताहरु आफै लागेको देखिन्छ । नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ? माओवादी केन्द्र र एकीकृत समाजवादीले अब सोच्नु पर्छ ।

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ? सत्तास्वार्थसँग जोडिएको यो गठबन्धनको खास उद्देश्य के हो ? नेकपा एमालेलाई कमजोर बनाउने खेलमा माधब, प्रचण्ड हात धोएर लागेका छन । पार्टी फुटाएर सत्ताको कुर्सीमा पुग्ने कुरा ठूलो होइन । देश र जनताको भबिश्य हेर्ने ठूलो कुरा हो । नेपालमा बढिरहेको कम्युनिस्ट जनमतलाई निराश पार्न, कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन केहि शक्तिहरु लागिरहेका छन । नेपालका कम्युनिस्ट नेताहरुले यो कुरा बुझ्न जरुरी छ ।

Tags

छुटाउनु भयो कि ?