आर्टिकल्स

राजधानीका सडक छेउमा थुप्रिएको फोहोर

Lumbinikhabar Online

-डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्छ । यो हामी सबैको माग हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो बिषयमा सक्रियता देखाएका पनि छन तर उनले आबश्यक सहयोग भने पाउन सकेका छैन । फोहोरको बिषयलाई लिएर राजनीति नगरौं । यसले कसैलाई फाइदा गर्दैन । सबै मिलेर फोहोर व्यवस्थापन गरौं । यो नै आजको माग हो ।

फोहोरको कारण राजधानी दुर्गन्धित हुनथालेको छ । यो बिषयमा सरोकारवाला र राजनीतिक दलहरु गम्भिर बन्ने की नबन्ने ? फोहोरकै कारण राजधानीका गल्लि र बाटोहरुमा नाक मुख छोपेर हिडनु पर्ने अबस्था छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ । त्यसैले यो बिषयलाई हल्का रुपमा लिनु हुदैन । समस्या समाधान गर्ने बाटो तर्फ सबै गम्भिर बनौं ।

काठमाडौं महानगरपालिकाले स्थानीयवासीका माग पूरा गरेर भए पनि यो फोहोर व्यवस्थापन गरेर देखाउनु पर्छ । नवनिर्वाचित मेयर बालेन्द्र साहका लागी यो अवसर र चुनौति दुबै हो । फोहोर व्यवस्थापन बेला बेलामा चुनौतिको बिषय बन्दै आएको छ । यो कुनै नौलो कुरा होइन । फोहोरको समस्या दिनदिनै बढ्न दिनु हुदैन । यो सबैको साझा बिषय हो ।

सबै मिलेर समस्याको समाधान गरौं । फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्ने काम कसैले पनि गर्नु हुदैन । काठमाडौं उपत्यकामा फोहोरका कारण रोग निम्त्यो भन्ने कुरा सुन्न नपरोस् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काम गर्न खोजेका छन उनलाई काम गर्न दिनु पर्छ ।

अब फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण गर्नु भन्दा पनि यसको दीर्घकालीन समाधान गरिनुपर्दछ । सबै राजनीतिक दल मिलेर यो फोहोरको ब्यवस्थापन गर्नु पर्ने बेला आइसकेको छ । अब ढिला गर्नु हुदैन । साच्चिकै स्थानीय बासिन्दा मर्कामा परेको भए उनीहरुको माग सम्बोधन गरिनुपर्दछ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन सोच बनाएर अघि बढ्नु पर्छ । त्यसो गर्न सकिएन भने यो समस्या पटक–पटक दोहोरिने छ ।फोहोर व्यवस्थापनका सम्बन्धमा सबैले ध्यान दिनु जरुरी छ ।

यो बिषयमा अब दीर्घकालीन समाधान खोज्नु पर्ने आबश्यकता देखिएको छ । राजधानीका सडकमा फोहोर देखेर लजाउनु पर्ने भएको छ । मेयर साहले यसलाई समयमा नै ध्यान दिनु पर्छ । यदि उनले यो बिषमा ध्यान दिन सकेनन् भने उनी असफल हुने निश्चित छ । उनलाई सफल बनाउन सबै राजनीतिक दलहरुले आ आफ्नो तर्फबाट भूमिका खेल्नु पर्ने आवश्यक छ ।

Tags

छुटाउनु भयो कि ?