फिल्म र संगीत

श्रीदेव भट्टराई फिचर्ड तथा माधव खरेल निर्देशित ‘भन्दै होलान’सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा वसोवास गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।
विदेशीए पछि गाउँ विर्सियो भन्दै होलान भन्दै परदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन चर्चित संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डित र यस गीतलाई चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।

चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइ, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

“कन्हैया सिहं परियार”को युटुव च्यानव बाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई जीवन पराजुलीले खिचेका हुन् भने भिडियोमा राजेश कुमारको सम्पादन र नरेश खरेलको श्रृंगार रहेको छ ।

निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोलाई काठमाण्डौ र ललितपुरमा छायाँकन गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?