News in Nepali

एमाले सांसद बाँस्कोटा द्वारा सञ्चार मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस गरिने

Lumbinikhabar Online

नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका छन् ।

पूर्व सञ्चारमन्त्रीसमेत रहेका उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा उक्त प्रस्ताव पेस गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।

Tags

छुटाउनु भयो कि ?