News in Nepali

फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन ,अरबौं रुपैयाँ लाग्छ : गगन थापा

Lumbinikhabar Online

काङ्ग्रेस महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि विभिन्न ५ आयोजनाको बजेट काट्न प्रस्ताव गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि छलफलका क्रममा उनले उक्त प्रस्ताव गरेका हुन् ।

उनले भने–‘फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन । अरबौं रुपैयाँ लाग्छ । फोहोर व्यवस्थापनका लागि छुट्टै बजेट छुट्टाइएको छैन, काठमाडौंमा यो वर्ष फ्लाई ओभर, अन्डरपास नभएपनि हुन्छ । बरु काठमाडौं बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । त्यसबाट केही अरब निकाल्ने हो भने फोहोरको दीर्घकालीन समाधान निस्कन्छ ।’

उनले यसबारे विचार गर्न मन्त्री र सरकारको ध्यानाकर्षण गराए ।

Tags

छुटाउनु भयो कि ?