आर्टिकल्स

बेरोजगारी समस्या दिन प्रति दिन बढदै

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ ।

देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन । सरकार भनेको देशको अभिभावक हो । अहिले देखिएका तमाम समस्या समाधान गर्न सरकारले कुनै ढिलाई गर्नु हुदैन । गठबन्धनको सरकार हरेक कुरामा अलोकप्रिय बन्दै गएको छ ।

जनजीविकाको सवालमा सरकार कानमा तेल राखेर बसिरहेको छ । आज महंगीले जनताको ढाड सेकिरहेको छ । कम आय स्रोत हुने मान्छे शहर बजारमा टिक्न गाहारो भैसकेको छ । मान्छेको आम्दानी भन्दा खर्च बढिरहेको छ । आज देशका नागरिक ठूलो आर्थिक संकटमा परिरहेका छन । अब सबैले सोच्नु पर्ने बेला आएको छ । सर्बसाधरण नागरिकहरुलाई महंगीकै कारण चुल्हो बाल्न धौ धौ परिरहेको छ । बजेट भाषणमा पनि गरिव जनताको पक्षमा सम्वोधन हुन सकेन ।

आम नागरिक असन्तुष्टि छन । जुन सरकार आए पनि गरिव जनताको समस्या हल गर्न सकेका छैनन् । जनताका समस्या हल गर्न सक्दैनन भने किन सरकारमा बसिरहने ? अहिले फेरि मन्त्री हेरफेरको हल्ला चलेको छ । मन्त्री हेरफेर गरेर मात्र समस्या समाधान हुन सक्दैन । यो सत्ता स्वार्थको राजनीतिले मुलुकको हित गदैन ।

आलो पालो मन्त्री खाने र देश लुटने काम बाहेक अहिले सम्म केहि हुन सकेको छैन । आज देश भरी टाठा बाठाहरुको रजाँइ मात्र चलेको छ तर जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको अबस्थामा कुनै परिवर्तन आृउन सकेको छैन । सबै भन्दा ठूलो समस्या यो हो । राजनीति भनेको समाज सेवा हो, तर यहाँ राजनीतिका नाममा ब्यापार चलेको छ ।

हामीले कस्तो देश बनाउन खोजीरहेका छौं ? हामी कता जाँदै छौं ? देशमा राजनीति ब्यवस्था परिवर्तन भएको पनि यति धेरै समय बिति सक्यो तर पनि देश र जनताले हिजो भन्दा आज दुख्ख र सास्ती भोग्न परिरहेको छ । ब्यवस्था परिवर्तनबाट जनताले के पाए ? अब राजनीतिक दल र तिनका नेताहरुले जवाफ दिन सक्नु पर्छ । आम जनता निराश बन्दै छन ।

आशा जगाउने कुनै काम दलहरुले गर्न सकेनन् । दलहरु प्रति जनताको आर्कोश छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई जनताले किन बिश्वास गरेर बिजयी बनाए ? नागरिकको यो नै दलहरु प्रति आर्कोश हो । दलहरु सत्ता स्वार्थमा चुर्लुम डुबेका छन । उनीहरुलाई जनताको कुनै चिन्ता छैनन् । यसरी अब हुदैन दलहरु सच्चिनु पर्छ ।

Tags

छुटाउनु भयो कि ?